जलेर घाईते भएकी माथागढी ३ का एक महिलाको निधन


पाल्पा – आगो ताप्ने क्रममा जलेर घाईते भएकी माथागढी गाउँपालिका ३ का एक महिलाको निधन भएको छ । गत फागुन ८ गते आफ्नै घरमा आगो ताप्ने क्रममा घाईते भएकी ६२ वर्षिय सुमित्रा कुमालको उपचारको क्रममा विहिबार निधन भएको हो ।
आगो ताप्ने क्रममा अचानक साडीमा आगो सल्किन गई घुँडा भन्दा माथिको भागमा आगोले जलि घाईते भएकी कुमाललाई उपचारको लागि युनाईटेड मिसन अस्पताल तानसेन ल्याईएको थियो । उपचारको क्रममा आज निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?