एनएसकेए कराँते च्याम्पियनसिपमा रामपुरका खेलाडीहरुलाई पदक

पाल्पा, नेपाल सोतोकान कराँते संघ (एनएसकेए) को आयोजनामा भएको प्रतियोगितामा पाल्पाको रामपुर बाट सहभागी प्रतियोगीहरुले विभिन्न पदक जित्न सफल भएको छ ।

एनएसकेएको आयोजनामा वैशाख १० र ११ गते भएको १३ अौं एनएसकेए नेशनल कराँते च्याम्पियनसिप २०७९ मा युवा किशोर खाँण र जिशन सिद्धिकीले गोल्ड मेडल र प्रेम बहादुर गाहाले सिल्भर मेडल प्राप्त गर्नु भएको हो ।

त्यस्तै वैशाख १२ र १३ गते भएको १२ अौं एनएसकेए इन्टनेशनल कराँते च्याम्पियनसिप २०७९ मा युवा किशोर खाँण, जिशन सिद्धिकी र प्रेम बहादुर गाहा तीनै जनाले सिल्भर मेडल प्राप्त गर्नु भएको सोतोकान कराँते संघ डोजो रामपुर पाल्पाका प्रमुख प्रशिक्षक मनीरत्न खाँणले जानकारी दिनुभयो । पदक विजेता तीनै जना सोतोकान कराँते संघ डोजो रामपुर पाल्पाका खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?