रामपुरमा पनि मनाईयो विश्व दूध दिवस

पाल्पा, बुधबार विश्व दूध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । दुध उत्पादन तथा दुग्धजन्य वस्तुको प्रवद्र्धनमा सक्रिय संघ संस्थाहरुले ‘दीर्घ जीवन, गुणस्तरीय दूध तथ दुग्ध पदार्थको सेवन’ नाराका साथ दिवस मनाईएको हो ।

रामपुरमा पनि दिवसको अवसरमा र्याली सहित कार्यपत्र पस्तुत सहित दिवस मनाईएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तानसेनको आयोजना र सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरको सहआयोजनामा कार्यक्रम भएको हो । पशु चिकित्सक, दुग्ध व्यवसायी कृषक, सहकारीका पदाधिकारी तथा आधारभूत माध्यमिक विद्यालयमा पशु वित्रान संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा र्याली निकालिएको थियो ।

त्यस पश्चात भएको कार्यपत्र प्रस्तुत कार्यक्रम सीता कुण्ड दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णकुमार अर्यालको अध्यक्षता र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तानसेनका प्रमुख डाक्टर चन्द्र बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा दुधको महत्व, उत्पादन र बजारीकरणको विषयमा प्रमुख अतिथी रानाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सीताकुण्ड दुग्ध उत्पादक सहकारीका व्यवस्थापक भवीनारायण मरासिनीको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद पशुधन सुरक्षंण समितिका संयोजक नगिलाल पौडेलले ज्ञापन गर्नु भएको हो । कार्यक्रमको सञ्चालन सहकारीका सचिव गंगा श्रेष्ठले गर्नु भएको हो । विश्व दूध दिवस सन् २००१ देखि मनाउन थालिए पनि नेपालमा भने सन् २०११ बाट मनाउन सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?