बगनासकालीका अपाङ्गता भएका सबैले मासिक भत्ता पाउने


पाल्पा – बगनासकाली गाउँपालिका पाल्पाका सवै अपाङ्गता भएका व्यक्तिहरूले मासिक भत्ता पाउने भएको छ ।

बगानासकाली गाउँपालिकाले अपाङ्ग भई पहेँलो र सेतो कार्ड पाएका व्यक्तिलाई समेत मासिक भत्ता दिने निर्णय गरेको हो । कार्यपालिकाको बैठकले पहेँलो र सेतो कार्ड भएकाहरूलाई मासिक पाँच सय र तीन सय भत्ता दिने निर्णय भएको गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीदर्लामीले बताउनुभयो । रातो र निलो कार्ड भएकाहरूले यसअघि नै मासिक भत्ता पाउँदै आएका छन् । अबदेखि पहेँलो र सेतो कार्ड भएका अपाङ्गलाई समेत भत्ता दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?