सूर्या लाइफ द्वारा खुम बहादुरको परिवारलाई मृत्यु दावी रकम भुक्तानी

रामपुर, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले विमितको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ। बौदीकाली गाउँपालिका वडा नं. ४ नवलपुर ब्याघानका खुम बहादुर आले मगरको श्रीमती तेसरा सिंजाली मगरलाई २ लाख ९ हजार ६ सयको चेक उहाँकै घरमा गएर हस्तान्तरण गरेको हो।

२०७६ जेष्ठ ३१ गते एक लाख बराबरको सूर्या सावधिक जीवन बिमा पोलिसी खरिद गर्नुभएको आलेको बौदीखोलामा बगेर मृत्यु भएको थियो । कम्पनीलाई उहाँले विमा वापत जम्मा १४ हजार ९ सय रुपैयाँ जम्मा गर्नुभएको थियो।

एक कार्यक्रमका विच उहाँको परिवारलाई बौदीकाली गाउँपालिकाका उपाध्यक्ष डिल कुमारी सारु र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखा प्रमुख बिष्णु लम्सालले चेक प्रदान गर्नु भएको थियो । कार्यक्रममा नगरडाँडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुब्बा सिंजाली, सहायक प्रधानाध्यापक गोबिन्द अधिकारी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रामपुरका अन्डर राइटिङ्ग प्रमुख खर्ग सिं सोमै, एजेन्सी म्यानेजर सन्जित सिंजाली लगाएतको उपस्थितमा भएको थियो ।

कार्यक्रममा बौदीकाली गाउँपालिका उपाध्यक्ष सारुले जीवन संगै आर्थिक सुरक्षाको लागि विमा अपरिहार्य रहेको बताउनुभयो । शाखा प्रमुख लम्सालले जीवन विमाको महत्त्व र आवश्यकताको बारेमा जानकारी गराउनु भएको थियो । शाखा प्रमुख लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एजेन्सी म्यानेजर रबि दर्लामीले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?