‘अनलाईन सञ्चार माध्यम जिम्मेवार बन्न आवश्यक छ ’ : केन्द्रिय सदस्य पोखरेल

भालुवाङ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशिल पोखरेलले नेपालका अनलाईन सञ्चार माध्यमहरु जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भएको छ । नेपालमा संचालित विभिन्न अनलाईन सञ्चार माध्यमहरु प्रति सवैको रुची बढे पनि सत्य तथ्य समाचार सम्प्रेशण गर्न चुकेको भन्दै जिम्मेवार भएर सहि समाचार दिन आग्रह गर्नुभएको छ ।

अनलाईन पत्रकारिता तालिमको बुधबार अर्घखाँचीको भालुवाङमा उट्घाटन गर्दै उहाँले बदलिदो समय र प्रविधि संगै अहिले अनलाईन सञ्चार माध्यमको महत्व बढे पनि सहि समाचार सम्प्रेषणमा अझै चुकिरहेको बताउनुभयो । पछिल्लो समय अनलाईनको दुरुपयोग भएको पाईएको भन्दै यसलाई सुधार्दै व्यवस्थित तरिकाले संचालन गर्न आवश्यक रहेको औल्याउनुभयो । साथै उहाँले सुगम स्थानमा संचालित अनलाईन सञ्चार माध्यम केही व्यवस्थित रुपमा संचालनमा आए पनि दुर्गम क्षेत्रमा संचानमा रहेका अनलाईन संचार माध्यम व्यवस्थित हुन नसकेको बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सभापति बसन्त गिरीले अब अनलाईन बाहेकका सञ्चार माध्यमको अरु विकल्प नभएको बताउनुभएको छ । उहाँले अहिले संचालनमा रहेका रेडियो, टेलिभिजन, पत्र पत्रिका अनलाईन माध्यममा नगई नहुने समय भएको बताउनुभयो । तर अनलाईन सञ्चार माध्यम प्रति सबैैको आकर्षण बढी रहे पनि विश्वासनिय बन्न नसकि रहेको बताउनु भएको छ ।

आन्तरिक मामिला तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा सुरु भएको अनलाईन पत्रकारिता तालिम यही जेठ २८ गते सम्म संचालन हुने छ । तालिममा अनलाईन रिर्पोटिङ, डिजिटल प्रविधिको प्रयोग लगाएतका विषयमा प्रशिक्षक रविराज बराल र मनोज सत्यालले प्रशिक्षण दिनु भएको छ । तालिममा लुम्बिनी प्रदेश १२ जिल्लाका विभिन्न अनलाईन सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?