प्रथम लाली गुराँस फुटसल कपको उपाधी रामपुर युनाइटेडलाई

पाल्पा, रामपुर नगरपालिका ५ मटेरीमा प्रथम लाली गुराँस फुटसल कपको उपाधी रामपुर युनाइटेडले हात पारेको छ । लालीगुँरास एसोसिएसनको आयोजनामा भएको फुटसलको फाईनल खेलमा ४–२ गोल अन्तरले आयोजक लाली गुराँस एसोसियसनलाई पछि पार्दै रामपुर युनाइटेडले उपाधी जितेको हो ।

यस संगै आयोजक उपविजेता बनेको छ । शनिबार बाट सुरु भएको प्रतियोगितामा १४ टिमको सहभागीता रहेको थियो । विजेता र उपविजेता समुहले क्रमश नगद २० हजार र १० हजार हात पारेको छ । विजयी समुहलाई एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको छ । लालीगुराँस एसोसिएसनका अध्यक्ष आदेश रानाको अध्यक्षतामा भएको कार्यक्रम नेपाली काँग्रेस रामपुर–५ का सभापति एवं रामपुर –५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको हो ।

विजेता समुहलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी पोखरेलले खेल प्रतिभाको उजागर संगै युवाहरुलाई सृजनशिल बनाउन प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले खेलकुदको विकासको लागि स्थानिय स्तरमा प्रतियोगिता सञ्चालन हुनु आवश्यक रहेको बताउनुभयो । रामपुर फुटसल एकेडेमीका संञ्चालक शम्भु रेग्मीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन कमल रानाले गर्नु भएको हो । प्रतियोगिता खेल रामपुर वडा नं ५ मटेरीको रामपुर फुटसल एकेडेमीमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?