जिल्ला भलिबल संघ पाल्पाको अध्यक्षमा गुरुङ

पाल्पा, जिल्ला भलिबल संघ पाल्पाको अध्यक्षमा राजु गुरुङ चयन हुनु भएको छ । आइतबार तानसेनमा भएको साधारणसभा एवम तेस्रो जिल्ला अधिवेशन बाट गुरुङको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा नारायण सारु, देब बहादुर गाहा, महासचिवमा कृष्ण बहादुर अाले, काेषाध्यक्षमा दिल बहादुर गाहा चयन हुनुभएको छ । कार्य समिति सदस्यहरूमा दिपक चाैहान, सुशीला गाेदार, कमल राना, हिमाल हिस्की, चिरन फाल, प्रिति शाह, तारा बहादुर थापा लगाएतकाे १४ सदस्यीय तदर्थ समिति गठन भएको छ । भने केन्द्रीय प्रतिनिधिमा पदम न्याैपाने, प्रदेश प्रतिनिधिमा प्रकाश श्रेष्ठ र अन्नत प्रसाद श्रेष्ठ सिफारिस हुनुभएको छ ।

कार्यक्रमकाे उद्घाटन सत्र जिल्ला भलिबल संघका निवर्तमान अध्यक्ष ताराबहादुर थापाकाे अध्यक्षता र नेपाल भलिबल संघका केन्द्रीय समितिका उपाध्यक्ष निराेज मास्केकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।नवनिर्वाचित अध्यक्ष गुरुङले पाल्पा जिल्लाकाे समग्र भलिबल खेलकाे संरक्षण र  खेलाडीकाे हक हित तथा अधिकारलाई सुनिश्चित गर्ने कार्यकाे प्रारम्भ गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?