समयले आफूलाई के सम्झन्छ (भावना)

अरुलाई रुवाई आफू खुशी बन्छ (२)
समयले आफूलाई के सम्झन्छ ।
यो यादको घर कुन गाउँमा होला ?
गएर तगारो लगाई दिन मन छ ।
समयले आफुलाई के के सम्झन्छ ।

जाँदा नि आउँदा नि मन घाईते हुन्छ ।
भट्टीको दैलोमा उसैको आगन छ
समयले आफुलाई के के सम्झन्छ ।

यादमा के छ मुटु धड्किनलाई ?
कुशास छ मुटु धढ्कन्छ
आखिर किन झरी बल्यानी पो भयो
असिनाको चोट त धुरीले समेट्छ
समयले आफुलाई के के सम्झन्छ ।

उसको भाग्यमाको दोब मेटिदिए हुन्थ्यो ।
उसको नामको दोब नमेटिदिए हुन्थ्यो
भाग्यको घोरेटो खई कसले भन्छ
अरुलाई रुवाई आफू खुशी बन्छ
समयले आफुलाई के के सम्झन्छ ।

       अमिता सारु
         कक्षा नौं
  जनशान्ति मा.वि.
रामपुर नगरपालिका ९, पाल्पा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?