जनप्रतिनिधिहरुको उपस्थितिमा माझटोल खेल मैदानको सरसफाई

पाल्पा, रामपुर नगरपालिका–६, विजयपुर स्थित माझटोल खेल मैदानको शनिबार सरसफाई गरिएको छ । विजयपुर टोल विकास संस्था तथा जुनतारा युवा क्लबको सक्रियतामा माझटोल खेल मैदान सरसफाई गरिएको हो ।

खेल मैदानको सुन्दरतालाई कायम राख्दै खेलकुदका गतिविधि सञ्चालनमा सहजताको लागि खेल मैदान सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, कार्यपालिका सदस्य यम बहादुर भुजेल लगाएतको उपस्थिति रहेको थियो ।

जनप्रतिनिधिहरु संगै क्लवका युवा र स्थानीय बासीको सहभागीतामा खेल मैदान सरसफाई गरिएको विजयपुर टोल विकास संस्थाका सचिव गोविन्द थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?