लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बाट दिने उपचार सेवा बन्द

पाल्पा, लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल तानसेन प्रभासले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा बाट बिरामीको उपचार सेवा बन्द गरेको छ । मंगलबार एक सूचना जारी गर्दै राति १२ बजे देखि लागु हुने गरी बीमा मार्फत प्रदान गर्ने उपचार सेवा बन्द गरिएको जानकारी गराएको हो ।

सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बाट स्वास्थ्य बीमा कार्यक्रम सरकारी तथा सामुदायिक अस्पतालमा मात्र लागू हुने निर्णय गरेको भन्दै अस्पतालले वीमा सेवाबाट उपचार नदिने जनाएको हो । अस्पतालले मंगलबार रातिदेखि लागू हुने गरी बाहिरङ्ग, अन्तरङ्ग र इमर्जेन्सी अन्तर्गत दिनेसेवा स्थगित गरेको र त्यसबाट बिरामीलाई पर्न गएको असुबिधाप्रति दुख व्यक्त गरेको छ ।

अस्पतालका प्राचार्य डा. राजु प्रसाद शाक्यले सूचना जारी गर्नुहुँदै हालसम्म स्वास्थ्य बीमा कार्यक्रम बाट दिइरहेको सेवा स्थगत गरिएको जानकारी दिदै सरकारको निर्णय बाट सेवा उपलब्ध गराउन नसकिएकोमा दुःख व्यक्त गर्नु भएको छ । अस्पतालले आगामी दिनमा नेपाल सरकारबाट निजी अस्पतालबाट समेत स्वास्थ्य वीमा कार्यक्रम लागू गर्ने भन्ने निर्देशन प्राप्त भए पुनः स्वास्थ्य वीमाका बिरामीको उपचार गर्न सकिने अस्पतालले जनाएको छ ।

लुम्बिनी मेडिकल कलेज प्रभासले वि.स. २०७३ भदौ १ गतेदेखि रेफर सेन्टर र प्रथम बिन्दुका रुपमा रहेर स्वास्थ्य बीमाको सेवा प्रदान गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?