सिवाईसी नेपाल लघुवित्त द्वारा सदस्यलाई राहत रकम प्रदान

पाल्पा, सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था रामपुर शाखाले संस्थाका सदस्यलाई राहत प्रदान गरेको छ । केही समय अघि श्रीमान गुमाएका रामपुर ५ भम्बक बस्ने आनन्द कुमारी मल्ललाई मृत्यु राहत कोष मार्फत १० हजार प्रदान गरेको हो ।

संस्थाले घर मै पुगेर एक कार्यक्रमका विच मल्ललाई राहत रकम प्रदान गरेको हो । रकम हस्तान्तरण गर्दै शाखा प्रमुख दिपक खत्रीले सदस्यहरुको सुख, दुःखमा संस्था सदैव साथमा रहेको बताउनुभयो । उहाँले मृत्यु राहत कोष मार्फत रकम प्रदान गरिएको बताउनुभयो ।

रामपुर शाखा अन्तर्गत केन्द्र नं. १४ का केन्द्र प्रमुख डेम कुमारी मल्ल मेधासीले संस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । मल्ल मेधासी अध्यक्षतामा भएको राहत वितरण कार्यक्रम रामपुर शाखाका कर्मचारी शोभा रानाले गर्नु भएको हो । संस्थाका सदस्य मल्लको श्रीमान जित बहादुर मल्लको केही समय अघि निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?