रामपुर–४ सदावर्तमा बालबालिकाको निःशुल्क दन्त परीक्षण सम्पन्न

पाल्पा, रामपुर नगरपालिका ४ सदावर्तमा शनिबार विहान बालबालिकाहरु लागी निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । सामाजिक विकृति उन्मुलन समाज (सिज) नेपाल रामपुर ४ को आयोजना र होराइजन डेण्टल क्लीनिक प्रा.लि. बेझाँडको प्राविधिक सहयोगमा दन्त परीक्षण गरिएको हो ।

सिज नेपालको भवनमा भएको शिविरमा दन्त चिकित्सक डाक्टर शंकर श्रेष्ठ र डाक्टर मनिष श्रेष्ठले दाँत परीक्षण संगै परामर्श दिनु भएको थियो । शिविरमा ४८ जना बालबालिकाहरुको दाँत परीक्षण गरिएको सिज नेपालका सचिव कृष्ण प्रसाद लम्सालले जानकारी दिनुभयो । दाँतको परीक्षण समयमा नभएमा भविष्यमा जटिल समस्या देखिने भएकाले सचेतनाको लागि शिविर सञ्चालन गरिएको सिज नेपालका अध्यक्ष माधव केसीले बताउनुभयो ।

त्यस्तै शिविरको अवसरमा सिज नेपालले रामपुर सव डिभिजन वन कार्यालयको सहयोगमा खेल मैदान परिसरमा वृक्षरोपण गरेको छ । सदावर्त क्षेत्रलाई एक घर एक विरुवाको रुपमा चिनाउन २ सय ५० तेजपात र धुपीको विरुवा वितरण गरिएको थियो । वृक्षरोपण कार्यक्रममा क्लवका पदाधिकारी, सल्लाहाकार सहित स्थानीयहरुको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?