देव बहादुर श्रेष्ठको अध्यक्षतामा प्रथम रामपुर भलिबल संघ गठन

पाल्पा, रामपुर नगरपालिका स्तरिय भलिबल संघ गठन भएको छ । जिल्ला भलिबल संघको आयोजनामा बसेको युवाहरुको भेलाले देव बहादुर श्रेष्ठको अध्यक्षतामा प्रथम रामपुर भलिबल संघ गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गोविन्द राना (अर्जुन) , लक्ष्मण थापा, कोषाध्यक्षमा हरि राना, सचिवमा डोलराज श्रेष्ठ, सहसचिवमा सुर्यज्योती खाँणलाई सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सदस्यहरुमा नविन भट्ट, विष्णु मल्ल, राम श्रेष्ठ (लिलत), उर्मिला पुलामी, माया आले, दुर्गेश मल्ल, रविन थापा, शेर बहादुर रिङ्गजाली र कुल बहादुर थापा रहनु भएको छ ।

त्यस्तै भेलाले सल्लाहाकारहरुमा कमल सेन, शंकर बहादुर खाँण, खिम बहादुर क्षेत्री पुरुषोत्तम, विष्णु थापा, रामचन्द्र मल्ल, ज्ञान बहादुर थापा, गणेश वंशी, कमल खाँण, श्याम मल्ल र निलकण्ठ सिग्देललाई चयन गरेको छ ।

हाेटल न्यू श्रीनगर रामपुर पाल्पाको सभाहलमा भएको भेला जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङको अध्यक्षता र रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । भेलाको उट्घाटन गर्दै प्रमुख अतिथी थापाले खेल व्यक्ति र राष्ट्र दुबैकाे लागि भएकाेले यसको विकासको लागि सबै लाग्नु पर्ने बताउनुभयो । भलिबल खेल सरल र सहज खेल भएकाे यस प्रति सबैको रुचि भएको बताउनुभयो । खेलकुदको समग्र विकासका लागि नगरको साथ रहने प्रतिवद्धता जनाउनुभयो ।

भेलामा जिल्ला भलिबल संघ पाल्पाका रेफ्री कमिसनका संयाेजक नेत्र बहादुर गाहा, जिल्ला खेलकुद बिकास समिति पाल्पाका निवर्तमान सदस्य कमल सेन, नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष शकर बहादुर खाणले शुभकामना मन्तव्य राख्नु भएको थियो । जिल्ला भलिबल सघका सदस्य कमल रानाको स्वागत बाट सुरु भएको भेलाको सञ्चालन जिल्ला भलिबल सघका उपाध्यक्ष नारायण सारुले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?