पाल्पा, रामपुर नगरपालिका–५मटेरी पाल्पामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । शुक्रबार दिउँसो रामपुर नगरपालिका–५ मटेरी निवासी ५५ वर्षीय मनबहादुर सुनार घरदेखि करिब २ सय ५० मिटर दूरीको भित्री सडक छेउमा मृतावस्थामा फेला परेका हुन् ।
आज दिउँसो करिब साढे १ बजेको समयमा उनको शव फेला परेको थियो । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक गौतम बोहराले जानकारी दिनुभयो ।
