स्याङ्जाको आँधिखोलामा घाँस काट्ने क्रममा लडेर एक पुरुष मृत्यु

स्याङ्जा, स्याङ्जाको आँधिखोला गाउँपालिका २ मा घाँस काट्ने क्रममा लडेर शनिबार एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा आँधिखोला गाउँपालिका २ रंगठाटी बस्ने अन्दाजी ६०/६१ वर्षिय देवनारायण सार्की रहेका छन् ।

देवनारायण शनिबार विहान घरदेखी २ कि.मि. दुरीमा रहेको पाखोबारी (खरबारी) मा घाँस काट्ने क्रममा विहान पौने ११ बजे लडेका थिए । खरबारी बाट लडेर ७०/८० मिटर तल खसेका उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्ष रबिन्द्र खनालले जानकारी दिनुभयो । घटनाको बारेमाथप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?