तीन दिन देखि सम्पर्क विहिन वालिङका एक व्यक्ति मृत अवस्थामा फेला

स्याङ्जा, तीन दिन देखि सम्पर्क विहिन भएका वालिङ नगपालिका १२ स्याङ्जाका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । वालिङ –९ भुसालथोक बस्ने ६५ वर्षिय पुर्ण बहादुर न्यौपाने क्षेत्री शनिबार मृत फेला परेका हुन् ।

पूर्ण बहादुर गत साउन २६ गते घर बाट वालिङ–१२ लामपाते स्थित छोराको घरमा जान्छु भनि घर बाछ हिडेका थिए । त्यस पश्चात सम्पर्क विहिन उनलाई खोजतलास गर्दै जाँदा शनिबार लामपाते स्थित गोरेटो बाटो भन्दा ५० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्ष रबिन्द्र खनालले जानकारी दिनुभयो । घटनाको बारेमाथप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?