अरिङ्गालको टोकाई बाट रोल्पामा एक जनाको मृत्यु

रोल्पा, रोल्पामा अरिङ्गालले टोकेर एक पुरुषको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नं. १० बस्ने वर्ष ५४ को जय बहादुर बुढा मगरको सोमबार अरिङ्गालले टोकी मृत्यु भएको हो ।

सोमबार साँझ ६ बजे आफ्नै घर नजिकै जङगलमा अरिङगाल पोल्ने क्रममा अरिङगालले शरिरको विभिन्न भागमा टोकेर (चिलेर) जय बहादुर घाईते भएका थिए । उनको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?