पाल्पा, पत्रकार जीवन भण्डारीको लेखनमा रहेको बाल गीत ‘मिठी पापा’को भिडियो सार्वजनिक भएको छ । व्यस्त वावु आमाले छोराछोरीलाई समय दिन नसकेको विषयमा केन्द्रीत छोटो चलचित्र ‘आराध्या’ को शीर्ष गीत ‘मिठी पापा’ को गितको भिडियो युट्युब बाट सार्वजनिक भएको हो ।
बालगायिका आरसिया साहको मिठो स्वर रहेको गीतमा संगीतकार विशाल निरौलाले संगीत तथा एरेन्ज गर्नु भएको छ । गीतमा वालवालिकाको चाहना र वावु आमाको आग्रहलाई समेटिएको छ । वाल्यकालदेखि नै वाल साहित्य सृजना गर्दै आएका पत्रकार भण्डारीका अरु पनि दर्जनौ वालसृजना रहेका छ । पत्रकार भण्डारी अहिले राष्ट्रिय समाचार समितिमा उप–सम्पादक र नेपाली रेडियो नेटवर्कमा समाचार निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ ।

चलचित्र र गीत दुवैमा चर्चित कलाकारहरु आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी, सफलता भण्डारी, प्रान्जल पौडेल लगायतको अभिनय रहेको छ । गीत राम्रो इन्टरटेनमेन्ट युट्युव च्यानलमा राखिएको छ । दर्जनौ छोटा चलचित्र बनाइसकेका चलचित्रकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र आराध्या भने केहि दिनमा सार्वजनिक हुने भएको छ ।
