स्याङ्जा, चापाकोट नगरपालिका–५ सेखाममा बुधबार ६ दिने निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । दाँत सम्बन्धी समस्या भएकाहरुलाई सहज रुपमा सेवा प्रदान गर्न तथा दन्त स्वास्थ्य सम्बन्धी सचेतना जगाउन गत साउन २७ गते देखि शिविर भएको थियो ।
वि लभ पिपुल नेपालको आयोजना र होराइजन डेन्टल क्लिनिक प्रा.लि रामपुर बेझाँडको प्राबिधिक सहयोग तथा विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा शिविर सम्पन्न भएको हो । पर्यटकिय स्थल रामडाँडामा भएको शिविर मार्फत त्यस क्षेत्रका जेष्ठ नागरिक, महिला, युवा तथा बालबालिका गरी जम्मा ७ सय ३४ जनाले सेवा लिएको वि लभ पिपुल नेपालका संयोजक निर्मल शाही ठकुरीले जानकारी दिनुभयो ।

शिबिरमा दन्त चिकित्सक डाक्टर शंकर श्रेष्ठ, डाक्टर मनिष सुवेदी, डाक्टर रिया श्रेष्ठ, डक्टर लिलम राई, डाक्टर मनोज हमाल र डाक्टर शहिष्ट महर्जन लगाएतको स्वास्थ्यकर्मीहरुको टोलीले दाँत परिक्षण संगै परामर्श दिएको थियो । शिविर मार्फत दाँत परिक्षण संगै, दाँत सफा गर्ने, उखेल्ने, भर्ने, एक्सरे गर्ने तथा जेष्ठ नागरिकहरुको मधुमेह परीक्षण गरिएको डाक्छर शंकर श्रेष्ठले बताउनुभयो ।
दाँतको परिक्षण समयमा नभएमा भबिष्यमा जटिल समस्या देखिने भएकाले दन्त स्वास्थ्य उपचारका लागी शिबिर सन्चालन गरिएको वि लभ पिपल नेपालका कमल मल्ल ठकुरीले बताउँनुभयो । शिविरको गत साउन २७ गते चापाकोट नगरपालिकाका उपप्रमुख ईशा रानाले शुभारम्भ गर्नु भएको थियो । शिविरमा दाँत परिक्षणका लागि आएका विद्यार्थीहरुलाई दाँत सफा गर्ने सामाग्री तथा स्टेशनरी सामाग्री प्रदान गरिएको थियो ।