शहीद बहुमुखी क्याम्पसमा नेवि संघको रगत समुह पहिचान कार्यक्रम सम्पन्न

पाल्पा, नेपाल विद्यार्थी संघ शहिद बहुमुखी क्याम्पस इकाई समिति रामपुर पाल्पाले रगत समुह पहिचान कार्यक्रम गरेको छ । पछिल्लो समय रगतको अभाव भैरहेको समयमा विरामीलाई समय मै आवश्यक रगत उपलब्ध गराउनका लागि रक्तदाता पहिचान गर्ने उद्देश्यले बुधबार कार्यक्रम गरेको हो ।

नेपाल विद्यार्थी संघ शहिद बहुमुखी क्याम्पस इकाई समितिले रामपुर नगरपालिको आर्थिक सहयोग र रामपुर अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम गरेको हो । कार्यक्रम मार्फत क्याम्पसमा अध्यनरत विद्यार्थी, प्रधायापक गरी २ सय जनाको रगत परिक्षण गरि समुह पहिचान गरिएको थियो । नेपाल विद्यार्थी संघ शहिद बहुमुखी इकाईका सभापति ल्याकत अलीले रामपुर क्षेत्रमा ब्लड बैंक नभएको अवस्थामा जुन सुकै समय रगतको आवश्यक पर्ने भएकाले रगत परिपूर्तिको लागि सहजता प्रदान गर्न समुह छुट्याउने कार्य गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य विष्णु माया ढकाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, क्यापस सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?