विज्ञान संकाय कक्षा ११ मा अध्ययनरत नयाँ विद्यार्थीलाई रामतुलसीमा स्वागत

पाल्पा, रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पामा विज्ञान संकाय अन्तर्गत कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । विज्ञान संकायमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

विद्यार्थीहरुलाई स्वागत गर्दै प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको बारेमा नयाँ विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले हरेक सफलता मेहेनत बाट मात्र सम्भव हुने बताउँदै विद्यार्थीहरुलाई अनुशासित र लगनशिल भएर अध्ययन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक पूर्णचन्द्र घिमिरे, विज्ञान संकायका संयोजक शिक्षक भरत घिमिरेले विद्यार्थीहरुलाई सक्रिय भएर अध्ययनमा जुट्न अनुरोध गर्नुभयो । कार्यक्रमममा कक्षा १२ मा अध्ययनरत रक्षा पंगनी, कक्षा ११ मा अध्यनरत सञ्जना उच्चैले शुभकामना मन्तव्य राखेका थिए ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी रविना ढकालको अध्यक्षतामा भएको कार्यक्रम कक्षा १२ का विद्यार्थी नविन सिग्देलको स्वागत बाट सुरु भएको थियो । कक्षा ११ का विद्यार्थी पुष्पा नेपालीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । विद्यालयको सभाहलमा भएको कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी रविन बाकाबलले गर्नु भएको हो । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । रामतुलसी माध्यमिक विद्यालयमा बालकक्षा देखि कक्षा १० सम्म अंग्रेजी र नेपाली माध्यमको कक्षा, प्राविधिक धारत तर्फ ३ वर्षे कृषिबाली विज्ञान, कक्षा ११÷१२मा विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?