गौतमको अध्यक्षतामा रामपुरमा बाख्रापालक महासंघ गठन

पाल्पा, रामपुर नगर स्तरिय नेपाल व्यवसायिक बाख्रापालक महासंघ रामपुर नगर समिति गठन गरेको छ । रामपुर नगरपालिका भित्र व्यवसायीक बाख्रापालन गर्दै आएका कृषकहरुको भेलाले दुर्गानाथ गौतमको अध्यक्षतामा ११ सदस्य नेपाल व्यवसायिक बाख्रापालक महासंघ रामपुर नगर समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ, सचिवमा पुण्यराज भण्डारी, सहसचिवमा प्रेम मल्ल, कोषाध्यक्षमा नारायण प्रसाद भण्डारीलाई चयन गरेको छ । सदस्यहरुमा नारायण मल्ल, तुल बहादुर मल्ल, राम बहादुर थापा, जगत बहादुर सेन रहनु भएको छ । बाँकी २ सदस्य चयन हुन बाँकी रहेको छ । समितिको सल्लाहाकारहरुमा सूर्य प्रसाद रेग्मी, देविलाल अधिकारी र टेकनाथ पंगेनी रहनु भएको छ ।

नहर अफिस बगैचामा बसेको कृषकहरुको भेला नेपाल व्यवसायिक बाख्रापालक महासंघका केन्द्रिय उपाध्यक्ष सूर्य प्रसाद रेग्मीको अध्यक्षतामा बसेको थियो । भेलाले कृषकहरुलाई नेपाल व्यवसायिक बाख्रापालक महासंघको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?