राष्ट्रिय मगर संघ स्याङ्जाको तेस्रो अधिवेशन सम्पन्न


स्याङ्जा- राष्ट्रिय मगर संघ स्याङ्जाको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

संघको शनिबार सम्पन्न अधिवेशनले २३ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले विष्णु बहादुर मश्राङ्गी सभापनि रहेको २३ सदस्यिय समिति गठन गरेको हो ।

नवगठित संघको उपसभापतिमा निर्मल कुमार राना र डिल कुमार थापा, सचिवमा केश बहादुर थापा, सहसचिवमा अशोक कुमार थापा र कोषाध्यक्षमा अनिता थापा निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा गिता गाहा, नेत्र कुमारी थापा, खिम कुमारी थापा, प्रेम कुमारी थापा, शोभा थापा राना, माया कुमारी खाम्चा मगर, दिल माया राना, टिका सोमै मगर, जुत बहादुर राना, भिम बहादुर थापा, लाल बहादुर थापा, नेत्र लाल राना, भुपेन्द्र थापा, दल बहादुर थापा, गणेशमान राना, राम बहादुर थापा मगर र चेत बहादुर बराल निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय मगर संघको केन्द्रिय महाधिवेशनका लागी अधिवेशनले इशा राना, गिता राना, सिता थापा, छयाय बहादुर थापा, मोहन बहादुर थापा, दिपेन्द्र आले, चन्द्र बहादुर रखाली, विक्रम सारु र विश्व प्रकाश थापालाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?