जनविकास माविमा रामपुर साहित्यिक प्रतिष्ठानको नियमित रचना वाचन

पाल्पा, रामपुर साहित्यिक प्रतिष्ठान जनविकास माध्यमिक विद्यालय रामपुर ३ रजघरामा नियमित नियमित रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ। प्रतिष्ठानको नियमित कार्यक्रम अन्तर्गत शनिबार कार्यक्रम गरेको हो ।

जन बिकास माध्यमिक विद्यालयको सभा हलमा भएको कार्यक्रममा रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष बासुदेब ढकालको अध्यक्षता र रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी पाठकले समाजमा रहेका बिकृती, विसंगति विरुद्ध सचेतना जगाउन साहित्य सशक्त माध्यम रहेको बताउनुभयो । मुलुकमा भइरहेका विभिन्न घटनालाई साहित्य मार्फत चिरफार गरेकोमा रचना बाचन गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो । जन विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति खनालले साहित्य हाम्रो दैनिकी संग प्रत्यक्ष जोडिएको भन्दै यसले समाजलाई सकारात्मक बाटोमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर क्षेत्रमा कलम चलाउने साहित्यानुरागीहरुले आआफ्नो रचना बाचन गरेका थिए । उनीहरुले कबिता, गजल, मुक्तक, भावना र तिज गित बाचन गरेका थिए । मुक्तक मञ्च रामपुरका अध्यक्ष स्वप्निल निरभको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागी सबैलाई रामपुर साहित्यिक प्रतिष्ठनका उपाध्यक्ष हुमा देबकोटाले धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको संचालन रामपुर साहित्यिक प्रतिष्ठानका सचिव गोविन्द प्रसाद भट्टराईले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?