निजामती सेवा दिवसको अवसरमा रामपुर अस्पताल परिसरमा वृक्षारोपण


पाल्पा -निजामती सेवा दिवसको अवसरमा रामपुर अस्पताल परिसर रामपुर पाल्पामा वृक्षारोपण गरेको छ । १९ औँ निजामती सेवा दिवसका अवसरमा रामपुर ५ सानीअमलाई स्थित रामपुर अस्पतालको निर्माणाधिन भवन परिसरमा एक सय भन्दा बढि विरुवा रोपिएको हो ।

बुधबार अस्पताल विकास समिति , अस्पतालका कर्मचारीहरुले अस्पताल परिसरमा धुपी , पारिजात , बकाईनो लगाएतका विभिन्न जातका विरुवा रोपेको हो । आजैको दिन रामपुर अस्पतालको स्तरोन्नतीको लागी स्विकृत भएको दिन पनि परेकाले  पर्यावरण जोगाउनको लागी निजामति सेवा दिवसको अवसरमा वृक्षा रोपण गरिएको रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाल( रमेश )ले बताउनुभयो ।

दिवसको अवसरमा अस्पतालमा सेवा लिन आउने पहिलो २ जना महिला र पुरुषलाई स्वागत समेत गरेको छ । अस्पतालमा सेवा लिन आउने रामपुर ५ पाल्पाका ७८ बर्षिय विष्णु प्रसाद राना र ६३ बर्षिय अम्बिका न्यौपानेलाई अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाल (रमेश) र सदस्य तथा ईलाका प्रसाशन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले संयुक्त रुपमा स्वागत गर्नु भएको थियो । स्वागत गरेकोमा अस्पताललाई धन्यवाद दिंदै सेवाग्राही विष्णु प्रसाद राना र अम्बिका न्यौपानले अस्पतालबाट आफुहरुले धेरै सेवा लिन पाउँदा खुशी लागेको बताउनुभयो ।

पछिल्लो समय अस्पतालमा पाल्पा , स्याङ्जा , तनहुँ , नवलपुर लगाएतका क्षेत्रबाट दैनिक ३ सय भन्दा बढि सेवाग्राही आउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?