साक्षरता दिवसमा रामतुलसी बाट निकालियो र्याली (तस्वीरहरु )

पाल्पा, ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा रामपुरमा सचेतना र्याली निकालिएको छ । रामतुलसी नमुना माध्यमिक विद्यालयले दिवसको अवसरमा र्याली निकालेको हो ।

विद्यालयमा अध्यनरत विद्यार्थी र शिक्षकहरुको उपस्थितिमा प्ले कार्ड सहित र्याली निकालिएको थियो । विद्यालय बाट सुरु भएको र्याली इलाका प्रशासन कार्यालय, बाङ्गेपसल चोक, बाङ्गेपसल रोट, बेझाँड बजार चोक, नहर अफिस, हुलाकटोल, नगरपालिका कार्यालय परिसर, स्कुलरोड हुँदै विद्यालयमा आएर सकिएको थियो ।

प्लेका कार्ड सहित उपस्थित भएका विद्यार्थीहरुले ‘शिक्षा हाम्रो अधिकार हो, शिक्षालाई जीवन उपयोगी बनाऔं, नयाँ नेपालको मुल आधार, गुणस्तरिय शिक्षा मौलिक अधिकार, शिक्षासाक्षरता दिवस सफल पारौं’, लगाएतका सचेतनामूलक नारा लगाएर बजार परिक्रमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?