पाल्पा, नेपाल विद्यार्थी संघ सहिद बहुमुखी क्याम्पस इकाई समितिले महिला स्वास्थ्य सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न गरेको छ । १ सय ९ औ विपी जयन्तीको अबसरमा कार्यक्रम गरेको हो ।
नेपाल विद्यार्थी संघ सहिद बहुमुखी क्याम्पस इकाई समितिक सभापति ल्याकत अलीको अध्यक्षतामा भएको कार्यक्रम अन्तराष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं नेपाली काँग्रेसका महासमिति सदस्य सन्दिप रानाको प्रमुख आतिथ्यता भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रानाले विपी कोइराला बहुप्रतिभावान व्यक्तिव भएको बताउँदै उहाँको मार्गमा हिड्न अनुरोध गर्नु भयो । तत्कालीन समयमा उहाँले ल्याउनु भएको समाजवादको सिद्धान्त विश्व मै लोकप्रिय रहेको भन्दै अध्ययन, प्रचार प्रसार र अवलम्बनको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई, नगर सचिव ओम प्रकाश बस्याल, क्षेत्रिय समितिका सहसचिव दिपकअर्याल, नगर सहसचिव आवास भट्टराई, स्ववियु सभापति जिवन तिवारीले आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा रामपुर अस्पतालका डाक्टर लविन परियारले महिला स्वास्थ्यको बारेमा परामर्श प्रदान गर्नु भएको थियो । इकाई सभापति ल्याकत अलीले महिला स्वास्थ्य सम्बन्धी सचेतनाको अभावमा विभिन्न समस्या उत्पन्न हुने भन्दै समस्याको निराकरणको लागि कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव शालिकराम खनालले गर्नु भएको हो ।