पाल्पा- रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापा नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको सदस्यमा निर्वाचित हुनु भएको छ ।
नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनमा उपप्रमुख थापा सदस्यमा निर्वाचित हुनु भएको हो । भैरहवामा सम्पन्न अधिवेशनले खिलध्वज पन्थीकाे संयोजकत्वमा १५ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेकाे हाे ।
