पाल्पा, “नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता सीजन १ सम्पन्न भएको छ । जेएन सनराइज मिडिया प्रा.लि.को आयोजनामा गत बैशाख देखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
५० जोडीको सहभागीता रहेको प्रतियोगितामा विभिन्न चरण पार गरेर नारायण पौडेल र विमला सुनुवारको जोडीले प्रथम भएको छ । त्यस्तै वसन्त तिमिल्सेना र संगिता तामाङको जोडी द्वितीय र दिलु मगर र लक्ष्मण घिमिरेको जोडीले तृतिय भएकाछन् । विजयी हुने प्रथम, द्वितिय र तृतियले क्रमश नगदे ५० हजार, ३० हजार र २० हजार सहित प्रमाणपत्र तथा सिल्ड प्राप्त गरेका छन् । विजेतालाई पुरस्कार वितरण गर्दै लोक दोहोरीका पिता एवं लोकगायक बम बहादुर कार्कीले कार्यक्रमको समापन गर्नुभएको थियो ।

विजेता प्रतियोगीहरुलाई पुरस्कार बितरण गर्दै लोकसृष्टा, सर्जक एवं लोकगायक बम बहादुर कार्कीले आफ्नो ईतिहासमा अर्को एउटा शब्द थपिएको बताउँदै इतिहासमा पहिलो र पृथक “नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ भनेको सुन्दा निकै खुशी लागेको बताउनुभयो । अनलाइन प्रविधिको माध्याम बाट पनी प्रतियोगिता सफल बनाएकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा निर्णायकको भुमिकामा लोक श्रजक तथा गायक रामचन्द्र चन्द, सुर्य खड्का र गायिका टिका सानु रहनुभएको थियो । कार्यक्रम निर्देशक संजय पौडयाल, निर्माता विश्वास आचार्य, कार्यक्रम संयोजक कमल पन्थी, कार्यक्रम प्रस्तोता दिनेश गौतम, परिकल्पनाकार तथा अवधारणा, भाका चयन, बिषयबस्तु निर्माण, तथा अतिथि आह्वानको लागि सहजकर्ताको भुमिका हेमनाथ खरालले निर्वाह गर्नु भएको थियो । प्रतियोगिता भबिन्द्र गौतमको अध्यक्षतामा चलेको थियो ।
यस्तै जेएन सनराइज मिडिया प्रा.लि.द्वारा सञ्चालित गोर्खाली भ्वाइस डट कमको काठमाडौं स्थित डिल्लिबजारमा सम्पर्क कार्यालयको औपचारिक समुद्घाटन भएको छ । लोकसृष्टा, सर्जक, संस्कृतिबिद् लोकगायक बम बहादुर कार्कीले रिवन काटेर समुद्घाटन गर्नु भएको हो ।
