रामपुर नगरपालिका द्वारा प्रमुख प्रशासकीय अधिकृत सहित नयाँ कर्मचारीलाई स्वागत

पाल्पा, रामपुर नगरपालिकाले नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत र नयाँ कर्मचारीलाई स्वागत गरेकाे छ । नगरपालिकामा नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्याैपाने , सब ईन्जिनियर सागर रेग्मी र प्रेस सल्लाहकार दान बहादुर हिस्कीलाई स्वागत गरेकाे हाे ।                                                                             नगर कार्यपालिकाकाे बैठककाे अवसरमा बिहीबार नयाँ कर्मचारीलाई स्वागत गर्दै नगर प्रमुख रमण बहादुर थापाले कर्मचारी र जनप्रतिनिधि बिच समन्वय गरेर अघि बढे समृद्ध नगर बनाउन सकिने बताउनुभयो । उहाँले आफू संग भएकाे ज्ञान सीप र क्षमताकाे पूर्ण उपयोग गर्दै नगरकाे समुन्नत बिकासका लागि लाग्न आग्रह गर्नुभयाे ।

कार्यक्रममा नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्याैपानेले नगरपालिकालाई समृद्ध बनाउनका लागि आफ्नो अनुभव र सिर्जनशीलताकाे प्रयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले विभिन्न राजनैतिक दलबाट निर्वाचित भएर आएका जनप्रतिनिधि र प्रशासनकाे सहकार्यले मात्र बिकास र सुशासन सम्भव रहेकाे बताउनुभयो । नयाँ कर्मचारीहरुलाई नगर प्रमुख रमण बहादुर थापा , उपप्रमुख बाल कुमारी थापा , नगर प्रवक्ता एवं वडा नं.१ का वडा अध्यक्ष कपिल बहादुर खाँण , वडा अध्यक्ष , कार्यपालिका सदस्य र कर्मचारीले ढाका टाेपी खादा र डायरी दिएर स्वागत गरेका थिए ।

यसै विच कार्यपालिका बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण राप्ती दाङले माग गरे अनुसार केही ठुला याेजना पठाउने निर्णय गरेकाे छ । नगर प्रमुख रमण ब थापाकाे अध्यक्षतामा बसेकाे बैठकले नगरका लागि विभिन्न ५ वटा याेजना माग गर्ने निर्णय गरेकाे हाे । बैठकले कृषि संकलन तथा प्रशाेधन केन्द्र एवं हाट बजार ब्यवस्थापन , कालीगण्डकी काे तटमा पैदलमार्ग ,पार्क , धर्मशाला ,रेष्टुरेन्ट खाजाघर निर्माण , निस्दी खाेलामा ड्याम निर्माण , नगर भित्र रिङराेड निर्माण , र शिवलिङ्ग निर्माण गुफा तथा झरना व्यवस्थापन गर्न याेजना पठाउने निर्णय गरेकाे छ ।

साथै नगरपालिकाले वडा भित्रका सबै सडककाे मर्मत सम्भार दशै अगाडि गर्ने भएको छ । बैठकले वडा स्तरमा वडा स्तरीय मर्मत सम्भार समिति गठन गरि सडक मर्मत गर्ने रामपुर नगरपाकाका नगर प्रवक्ता एवं वडा नं.१ का वडा अध्यक्ष कपिल बहादुर खाँणले बताउनुभयो । नगरपालिकाको सभाहलमा बसेकाे कार्यपालिका बैठककाे संचालन सुचना अधिकारी रामहरि पाण्डेले गर्नु भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?