२५ जना पण्डितहरु मार्फत ओके बाजेको चौरासी पुजा गरिने

पाल्पा, जापानिज नागरिक समाजसेवी काजुमासा ककिमी (ओके बाजे) को २५ जना पण्डितहरु मार्फत चौरासी पुजा गरिने भएको छ । पाल्पाको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सक्रिय अोके बाजेको सम्मान स्वरुप दिर्घजीवनको कामना गर्दै असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन बैदिक बिधी अनुरुप सहचन्द्र दर्शन एवं चौरासी पुजा गर्न लागिएको हो ।

बाजेको चाहाना अनुसार सम्मान स्वरुप दिर्घजीवनको कामना गर्दै बैदिक बिधी अनुरुप सहचन्द्र दर्शन एवं चौरासी पुजा तथा सम्मान कार्यक्रमको तयारी तथा व्यवस्थापनको विषयमा रामपुरमा छलफल भएको थियो । शैक्षिक क्षेत्रका व्यक्तित्व तथा सरोकवालाहरु विच तयारी विषयमा भएको छलफलमा मुल आयोजक समितीका अध्यक्ष एवं गंगा माध्यमिक विद्यालयका प्रधानध्यापक देवराज देवकोटाले चौरासी पुजा २५ जना पण्डितहरु मार्फत गर्ने तयारी भैरहेको बताउनुभयो ।

विगत ३० बर्ष देखि अनवरत रुपमा सामाजिक सेवामा तल्लीन ओके बाजेको सम्मान स्वरुप दिर्घजीवनको कामना गर्दै बैदिक बिधी अनुरुप सहचन्द्र दर्शन एवं चौरासी पुजा गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पाल्पाका स्थानिय तहहरु संगै शैक्षिक संस्था, तथा विभिन्न संघ संस्थाहरुको आयोजनामा असोज २३ गते पुजा गर्न लागिएको हो । रामपुर नगरपालिका, तानसेन नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका लगाएत विभिन्न स्थानका सरोकारवालाहरुको आयोजनामा गंगामाध्यमिक विद्यालय रामपुर ८ एक्लेटारमा चौरासी पुजा गर्न लागिएको नव दुर्गा माविका शिक्षक दिपेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?