रामतुलसीमा कक्षा ११ मा भर्ना भएका व्यवस्थापन र शिक्षा संकायका विद्यार्थीलाई स्वागत

पाल्पा, रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाका विद्यार्थीले स्वागत संगै शुभकामना आदन प्रदान कार्यक्रम गरेका छन् । विद्यालयमा अध्ययनरत कक्षा १२ को व्यवस्थापन र शिक्षा संकायका विद्यार्थीहरुले कक्षा ११ मा व्यवस्थापन र शिक्षा समूहमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत संगै विजयदशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।

विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले सुन्दर भविष्य र आफ्नो लक्ष्य प्राप्तीका लागि मेहेनतका साथ अध्ययन गर्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । उहाँले शिक्षा प्राप्तिका लागि शिक्षकहरुको मार्ग निर्देशलाई अबलम्बन गर्दै शैक्षिक गतिविधिमा विद्यार्थीहरुको सक्रियताको पनि उत्तिकै आवश्यक पर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको बारेमा विद्यार्थीहरुलाई जानकारी दिदै मेहेनत र अनुशासन शिक्षा ग्रहणको लागि अपरिहार्य रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण सुनाम, विद्यालयका सहायक प्रधानाध्यापक पूर्ण चन्द्र घिमिरेले विद्यार्थीहरुलाई उज्जवल भविश्यको कामना सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा कक्षा ११ का विद्यार्थी रुविया खातुनले धन्यवाद ज्ञापन गर्नु भएको थियो । नमस्ते होटल एण्ड पार्टी प्यालेसको सभाहलमा भएको कार्यक्रम कक्षा १२ का विद्यार्थी करिना वि.क.को अध्यक्षता कक्षा १२ का विद्यार्थी सुरक्षा घिमिरेको स्वागत र सुसन परियारको सञ्चालनमा भएको थियो । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले विविध सांस्कृति प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?