क्रियाशिल मगर उत्थान समुह किसानबारी द्वारा सदस्यहरुलाई स्वागत तथा सम्मान

पाल्पा, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई क्रियाशिल मगर उत्थान समुह रामपुर ७ किसानबारी पाल्पाले स्वागत तथा सम्मान गरेको छ । समुहमा आबद्ध सदस्यहरुलाई एक कार्यक्रमका विच सम्मान गरेको हो ।

कार्यक्रममा समुहका सल्लाहाकार संयोजक राम बहादुर थापा हिस्कीले आगामी दिनमा वैदेशिक रोजगारीको सफलताको कामना गर्दै शुभकामना दिनु भएको थियो । कार्यक्रममा समुहका सल्लाहाकार सदस्य तारा बहादुर विरकट्टा, मञ्जु राना, कोषाध्यक्ष हुममाया राना, सदस्य दुर्गा राना, खुम बहादुर थापा, ट्याङ्गा लाफाकुङ रेन्जा क्लवका संयोजक बल बहादुर थापा लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा बैदेशिक रोजगारबाट फर्किनु भएका दिल बहादुर पाटा, प्रेम राना, र रुवि थापालाई सम्मान गरिएको थियो । क्रियाशिल मगर उत्थान समुहको भवन रामपुर ७ किसानबारीमा भएको कार्यक्रम समुहका अध्यक्ष रेम बहादुर रानाको अध्यक्षता र सहअध्यक्ष सुनिता रानाको स्वागत बाट शुरु भएको थियो । कार्यक्रममा सहभागिलाई धन्यवाद सदस्य सिता रानाले ज्ञापन गर्नु भएको थियो भने संचालन सचिव केश बहादुर थापा सारुले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?