रामपुर अंग्रेजी आवासीय माविमा विद्यार्थी स्वागत तथा शुभकामना आदान प्रदान सम्पन्न


पाल्पा, रामपुर अंगे्रजी आवासीय माध्यमिक विद्यालय रामपुर पाल्पामा नयाँ विद्यार्थीहरुलाई स्वागत सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले आज एक कार्यक्रमका विच विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गरेको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थी विराज सेनको अध्यक्षतामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले विद्यालयको गरिमा उच्च राख्नका लागी अनुशासनपूर्वक अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले उच्च शिक्षाको शैक्षिक सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा विद्यालयका म्यानेजिङ डाईरेक्टर सुर्य प्रसाद घिमिरे , व्यवस्थापन समितिका सदस्य मुकुन्द प्रसाद गौतम , गंगा अधिकारी , विद्यालयका भाईस प्रिन्सिपल खुम बहादुर सारु , शिक्षक नारायण सुवेदील अविभावकको चहाना र आफ्नो लक्ष्य प्राप्त गर्न लगनशिल भएर अध्ययन गर्न आग्रह सहित विजया दशमीको शुभकामना दिनु भएको थियो । यस्तै कक्षा ११ मा भर्ना भएका विद्यार्थी सुलोमी छहारीले स्वागत गरेकोमा धन्यवाद दिदैं विद्यालयको छवि उच्च राख्न अनुशासित भएर अध्ययन गर्ने प्रतिबद्धता जनाएका थिए । विद्यर्थी पुष्प विक्रम थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन जासिम शेखले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?