रामपुर प्याक्लुकका घर्तिको उपचारका लागी छिमेकीको आर्थिक सहयोग


पाल्पा , रामपुर नगरपालिका वडा नं. ६ प्याक्लुकका स्थानियले घाईतेको उपचारका लागी आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

गत असोज ३ गते एक्कसी आएको हुरी बतासले घरको वाल भत्किएर प्याक्लुकका सोम बहादुर घर्ति र विष्णुमाया घर्ति घाईते भएका थिए । घाईते २ जना मध्ये ३५ बर्षिय सोम बहादुर घर्तिको दुई ओटै खुट्टा भाँचिएको र शरिरको पछाडीको भागमा चोट लागेको छ । उनको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भई रहेको छ । घरको तिन तलामाथीको वाल कम गुणस्तरका सामानको प्रयोगका कारण भत्किएको हुन सक्ने स्थानियले बताएका छन् । घाईतेको उपचारका लागी आर्थिक अभाव भए पछि सोही टोलका ऋषि थापा पुलामीको संयोजकत्वमा स्थानियले रकम संकलन गरेर हस्तान्तरण गरेको छ । स्थानियले संकलन गरेको १ लाख २३ हजार ३ सय ३५ रुपैयाँ रकम घाईतेकी आमा विष्णुमाया घर्तिलाई हस्तान्तरण गरिएको छ ।

संकलित रकम बुधबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सरसफाई सहितको एक कार्यक्रमका विच हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण गर्दै नगर प्रमुख थापाले गुणस्तरिय भौतिक संरचना निमार्ण नहुँदा हामीलाई नै क्षति पुग्ने भएकाले हरेक संरचना निर्माण गर्दा मापदण्डलाई ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले विपद व्यवस्थापन कार्यविधि अनुसार रामपुर नगरपालिकाले घर्तिको उपचारका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले मापदण्ड अनुसार संरचना निर्माण गर्नु पर्ने भन्दै अवैध संरचना हटाउन अनुरोध समेत गर्नु भएको छ । हस्तान्तरण कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले छिमेकीको दुखमा स्थानियले गरेको सहयोगको प्रसंसा गर्नुभयो ।

प्याकलुक टोल विकास समितिका अध्यक्ष हरि आचार्यको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाको स्वागतबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेस रामपुर ६ का सभापति गोविन्द प्रसाद देवकोटाले धन्यवाद ज्ञापन र राजु पंगेनीको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?