रामपुर–६ को बाघको ढाँड गुफामा बाघको मूर्ति निर्माण हुने

पाल्पा, कालीनदी किनार रामपुर नगरपालिका ६ को परेवाघाट नजिकै रहेको बाघको ढाँड गुफामा बाघको मूर्ति निर्माण हुने भएको छ । प्राकृतिक रुपमा सुन्दर कालीनदी किनारको स्थललाई पर्यटकिय स्थलको रुपमा चिनाउनका लागि बाघको मूर्ति निर्माण गर्न लागिएको हो ।

विगतमा बाघ बस्ने गुफाको रुपमा परिचित सो क्षेत्रलाई पछिल्लो समय संरचना निर्माणको काम हुँदै आएको थियो । बुधबार एक कार्यक्रममा विच बाघको मूर्ति निर्माण कार्यको थालनी गरिएको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बाघको मूर्ति निर्माणकार्यको शुभारम्भ गर्दै कालीगण्डकी आफैमा महत्वपूर्ण नदी भएको भन्दै यसलाई धार्मिक पर्यटन संग जोड्नका लागि नगरपालिकाले पहल गरिरहेको बताउनुभयो ।

रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले प्रकृतिक एवं धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि वडाले पनि पहल गर्दै आएको बताउनुभयो । बाघको ढाँड क्षेत्रको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले यस वर्ष २ लाख विनियोजन गरेको छ । सोही रकम बाट मूर्ति निर्माण गर्न लागिएको तालपोखरा टोल विकास संस्थाका अध्यक्ष थिरलाल ढकालले जानकारी दिनुभयो । यस अघि सो क्षेत्रमा प्रतिक्षलय निर्माण, सडक पु¥याउने कार्य भएको थियो ।

प्रकृतिक स्वरुप नविग्रने गरी मूर्ति निर्माण गरिने मूर्ति निर्माण समितिका अध्यक्ष हुमा देवकोटाले जानकारी दिनुभयो । तालपोखरा टोल विकास संस्थाका अध्यक्ष थिरलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव बासुदेव ढकालले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?