रामपुर नगरपालिका द्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान

पाल्पा, रामपुर नगरपालिकाले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । विजया दशमी, शुभ दिपावली, नेपाल संवत्, तथा छठ पर्वको अवसरमा नगरपालिकाले सरोकारवालाहरु संग शुभकामना आदनप्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले चाडवाडका बेला मात्रै धर्मको कुरा गर्ने तर अरु बेला बेवास्ता गरेका कारण धर्मको महत्व घटेको बताउनुभयो । हाम्रो संस्कारले धर्मको पहिचान दिने बताउँदै विकृति विसंगति हटाउँदै सामाजिक सुरक्षालाई ध्यान दिएर चाड पर्व मनाउन आग्रह गर्नुभयो । साथै उहाँले जुनसुकै क्षेत्रमा रहे पनि नगरको समुन्नतिका लागि एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो । यस्तै नगर उप–प्रमुख बाल कुमारी थापाले चाडपर्व र धर्मले संस्कृति र आचरण सिकाउने बताउँदै गक्ष अनुसार चाडपर्व मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपपानेले विकृतिलाई न्यूनिकरण गर्दै रितिरिवाजको संरक्षण र निरन्तरता दिनु पर्ने बताउनुभयो । सुशासन सहितको समृद्ध नगर निर्माणका लागि रचनात्मक क्रियाकलाप गरिने बताउनुभयो । नमस्ते पाल्पाको सभा हलमा भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख, कर्मचारी, संघ संस्थाका प्रमुख तथा पत्रकार लगायतको सहभागिता रहेको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर उप–प्रमुख बाल कुमारी थापाको स्वागत, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको धन्यवाद र कृषि शाखा अधिकृत रामहरि पाण्डेको संचालनमा भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?