रामपुर ८ मा खेलाडीहरुलाई खेलकुदका सामाग्री प्रदान

पाल्पा, रामपुर नगरपालिका वडा नं. ८ ले खेलाडीहरुलाई खेलकुदका सामाग्री प्रदान गरेको छ । वडा नं. ८ ले वडा स्तरिय खेलकुद विकास समितिको समन्वयमा स्थानीय खेल प्रतिभाको उत्थानका लागि सामाग्री प्रदान गरेको हो ।                                                                      शुक्रबार विहान वडा कार्यालयमा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रमका विच खेलाडीहरुलाई सामाग्री प्रदान गरिएको हो । वडाका विभिन्न टोलमा रहेका युवाहरुलाई लक्ष्यित गरी २ सेट क्रिकेट सामाग्री, ४ सेट भलिबल सामाग्री, ६ सेट फुटबल सामाग्री र १ सेट  व्यटमिण्टन सामाग्री प्रदान गरेको हो । वडा अध्यक्ष दिनेश आचार्यले सामाग्री हस्तान्तरण गर्नु भएको थियो । उहाँले पर्वहरुलाई उत्साहका साथ आफ्नो गक्ष अनुसार मनाउन आग्रह गर्नु भएको थियो ।

वडाका जनप्रतिनिधि, राजनैतिक दल र सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाली कांग्रेस वडा नं. ८ का सचिव भुवन अर्याल, वडा खेलकुद विकास समितिका अध्यक्ष हुम बहादुर सेनले शुभकामना मन्तव्य राख्नु भएको थियो । वडा अध्यक्ष दिनेशआचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव महेश प्रसाद भट्टराईले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?