वैदेशिक राेजगारीमा रहेका युवाहरुकाे सहयाेगमा रामपुर ३ मा सडक बत्ती जडान

पाल्पा, जनज्याेति युवा क्लव रामपुर ३ पाल्पाले सडक बत्ती जडान गरेकाे छ । क्लबले गण्डकीढिक बाेटेगाउँ, जाल्पे, घट्टार , निस्दीखाेला , अधेरीखाेलामा ३८ वटा पाेल बत्ती राखेकाे छ ।                                                                                                                          बैदेशिक राेजगारीमा रहेका युवाहरुकाे ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयाेगमा गाँउ टाेलमा बिजुली पाेल बत्ती जडान गरेकाे हाे । सडक बत्ती काे उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैदेशिक राेजगारीमा आफुले कमाएकाे रकम कटाैति गरेर समाजकाे लागि सहयाेग गरेर सह्रानिय काम गरेकाेमा धन्यवाद दिनुभयाे । साथै उहाँले यसकाे निरन्तरताका लागि नगरपालिकाले जिम्मेवारी लिने र सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । यसकाे संरक्षण गर्ने काम स्थानियकाे भएकाे भन्दै अपराधिक घटना न्यूनिकरण र गाउँकाे सुरक्षाका लागि निरन्तरता दिन आग्रह गर्नुभयाे ।

क्लवकाे आयाेजनामा जाल्पे गण्डकीढिकमा भएकाे सडक बत्ती उद्घाटन कार्यक्रममा रामपुर ३ का वडा अध्यक्ष दामाेदर पाठक , नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि देबराज ढकाल , नेपाली कांग्रेस प्रदेश प्रतिनिधि श्यामकान्त खनाल , उमनाथ अर्याल , स्थानिय बाेधराज सुवेदीले बाेल्दै बैदेशिक राेजगारीमा रहेका युवाहरुले समाज प्रति देखाएकाे सेवा भावकाे प्रसंशा गर्नुभएकाे थियाे ।क्लवका सदस्य अनिल कुमार भट्टराईकाे स्वागतबाट शुरु भएकाे कार्यक्रममा सहभागीलाई धन्यवाद नवदुर्गा आमा समुहका अध्यक्ष लक्ष्मी सिग्देलले ज्ञापन गर्नु भएकाे थियो । क्लवका अध्यक्ष बिष्णु प्रसाद सुवेदीकाे अध्यक्षतामा भएकाे  कार्यक्रमकाे संचालन राधाकृष्ण तिवारीले गर्नु भएकाे थियाे ।

सडक बत्तीकाे शुक्रबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्विच अन गरेर उद्घाटन गर्नु भएकाे थियाे । बैदेशिक युवाहरुकाे उज्यालाे गाउँ अभियान अन्तरगत गाँउकाे सुरक्षाका लागि सडक बत्ती बाल्न शुरु गरिएकाे हाे ।                     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?