मंसिर ४ को निर्वाचनका लागि उत्साहजनक रुपमा उम्मेद्वारी मनोनयन दर्ता (तस्वीरहरु)

पाल्पा, आगामी मंसिर चार गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि पाल्पामा उत्साहजनक रुपमा मनोनयन दर्ता भएको छ । गठबन्धनका दल, नेकपा एमाले सहित विभिन्न राजनैतिक दलहरु संगै स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाको दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालय रामपुर र क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय तानसेनमा गएर उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन आयोगले निर्धारण गरेको समय विहान १० देखि ५ बजे सम्मको अवधीमा पाँच दलिय संयुक्त गठबन्धन, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेशनल मंगोल अर्गनाईजेशन, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् ।

दलहरुले कार्यकर्ता सहितको उपस्थितिमा पञ्चेबाजा सहित बजार परिक्रममा गर्दै निर्वाचन अधिकृतको कार्यालय गेट सम्म पुगेका थिए । कार्यालय परिसर भित्र भने उम्मेद्वार, प्रस्तावक, समर्थक सहित बढीमा २५ जना सम्म मात्र प्रवेश गर्न दिईएको थियो ।मनोनयन दर्ता साँझ सम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?