विश्व दृष्टि दिवसको अवसरमा गंगा माविमा निशुल्क जाँच शिविर सम्पन्न

पाल्पा, विश्व दृष्टि दिवसको अवसरमा रामपुरमा निशुल्क जाँच शिविर सम्पन्न भएको छ । आँखा नेपाल नेत्र ज्योति संघ कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर पाल्पाले गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटारमा शिविर सञ्चालन गरेको थियो ।

विहान ११ बजे देखि साँझ सम्म भएको शिविरमा विद्यालयमा अध्ययनरत ५ सय ७५ जना विद्यार्थीको आँखा परिक्षण गरिएको थियो । जस मध्ये १३ जनामा आँखामा कमजोरी देखिएको थियो । उनीहरुलाई निशुल्क चस्मा वितरण गरिएको कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका नेत्र सहायक अजय कुमार पालले जानकारी दिनुभयो ।

शिविरमा नेत्र सहायक पाल र समिर पौडेलले सहजिकरण गर्नु भएको थियो । कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका प्रमुख सुन्दर रानाले आँखा सुरक्षाको बारेमा सचेतना जगाउन तथा आँखाको ज्योति जोगाउनका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?