विपद् जाेखिम न्यूनीकरण सम्बन्धि २ दिने तालिम रामपुरमा सुरु

पाल्पा , विपद् जोखिम न्यूनिकरण स्थानीयकरण विषयक २ दिने अभिमूखिकरण तथा स्थानीय सरकारकाे क्षमता विकास तालिम  रामपुर नगरपालिकामा साेमबार देखि शुरु भएकाे छ ।

       संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तर्राष्ट्रिय सहायता नियोग (USAID) को सहयोग  अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM UN Migration) मार्फत नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल संगको सहकार्यमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET), प्राक्टिकल एक्सन कन्सल्टेन्टिङ (PAC)र लुथरन वर्ल्ड फेडेरेसन (LWF) को आयोजनामा २ दिने तालिम शुरु भएकाे हाे । तालिमकाे एक कार्यक्रमका विच शुभारम्भ गरिएकाे छ ।

          तालिम शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विपद् जुनसुकै समयमा जसलाई पनि पर्ने भन्दै त्यसकाे न्यूनीकरणका लागि पूर्व तयारी गर्नु पर्ने बताउनुभयो । उहाँले नगर भित्र विपद् व्यवस्थापनका लागि ऐन निर्माण गरि न्यूनिकरण गर्दै जाने बताउनुभयो । तालिममा विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि अन्तरस्थानीय तह सहकार्य , पूर्व तयारी र प्रतिकार्य याेजना , खुल्ला क्षेत्र पहिचान र शिविर व्यवस्थापन , जाेखिमकाे वित्तीय व्यवस्था , जाेखिम व्यवस्थापनकाे काम कर्तव्य ,काेष संचालन कार्यविधि ,विपद् लेखाजोखा लगायतका बिषयमा प्रशिक्षण भई रहेकाे छ ।

        तालिमकाे सहजिकरण सहजकर्तामा  कृष्ण चौधरी   र तानसेेन नगरपालिकाका बरिस्ठ अधिकृत  बिष्णु पौडेलले गरिरहनु भएकाे छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रम उपप्रमुख बाल कुमारी थापाकाे स्वागत र ईन्जिनियर कृष्ण थापाकाे संचालनमा सम्पन्न भएकाे हाे । रामपुर नगरपालिकाकाे सभाहलमा भएकाे तालिममा नगरका जनप्रतिनिधि , वडा अध्यक्ष , कार्यपालिका सदस्यहरुकाे सहभागीता रहेकाे छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?