गमिल स्मृति कपको उपाधी आयोजक सिज नेपाललाई

पाल्पा, रामपुर नगरपालिका ४ सदावर्तमा भएको गमिल स्मृति कप नाईन ए साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजक सामाजिक विकृति उन्मुलन समाज (सिज) नेपालले हात पारेको छ । शनिबार मिलनटोल खेल मैदानमा भएको फाईनल खेलमा रामपुर सृजनशिल युवा क्लव विजयपुरलाई ३/१ गोलले पराजित गर्दै सिज नेपालले उपाधी हात पारेको हो ।

विजया दशमी तथा शुभदिपावलीको अवसरमा सामाजिक विकृति उन्मुलन समाज (सिज) नेपालले सिज धमाका–५ अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको थियो । असोज ३१ गते देखि जारी प्रतियोगिताको फाईनल खेल अन्तर्गत पहिलो हाफमा सिज नेपालका मोहन थापाले २२ औं मिनेटमा गोल गर्दै १/० को अग्रता दिलाएको थियो । दोस्रो हाफको १० मिनेट मै पुन सिज नेपालका लागि आशिष क्षेत्रीले गोल गरेको थियो । दास्रो हाफको १७ मिनेटमा पुन आशिषले नै गोल गरेको थियो । आशिषको दुई गोल संगै सिज नेपालले ३/० को अग्रतालाई कायम नै राख्यो । दास्रो हाफको अतिरित्त समयमा रामपुर सृजनशिल युवा क्लवका निशान रावलले १ गोल गरेको थियो ।

अन्तत खेल ३/१ मा सकिएको थियो । फाईनल खेलमा सिज नेपालका आशिष क्षेत्री म्यान अफ दि म्याच भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित कप मेडल र प्रमाण पत्र हात पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?