रामपुरमा पनि विद्युतीय सवारी विक्री सुरु

पाल्पा, पाल्पाको रामपुरमा पहिलो पटक आधिकारिक रुपमा विद्युतीय सवारी विक्री सुरु भएको छ । ट्वान्टी–ट्वान्टी ग्रुप रामपुर पाल्पाले बेझाँड नहर अफिसमा ट्वान्टी–ट्वान्टी भियकल सप्लायर्स मार्फत विद्युतीय सवारी साधन विक्री गर्न थालेको हो ।

सप्लायर्सको बुधबार उट्घाटन गरी विक्रीको शुभारम्भ गरेको हो । सप्लायर्सको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उद्घाटन गर्नु भएको थियो । रामपुर–५, नहर अफिस बेझाँडमा सप्लायर्सको उट्घाटन गर्दै नगर प्रमुख थापाले बदलिदो समय र प्रविधिको विकास संगै विद्युतिय सवारी साधनको प्रयोग गर्न चहाने यस क्षेत्रका जनताको चहाना पुरा भएको र यसले नगरमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले पेट्रोलिय पदार्थको मुल्य बढ्दो क्रममा रहेको सन्दर्भमा सस्तोमा सुविधा प्रदान गर्न र प्रदुषण न्यूनिकरणमा पनि ठूलो टेवा मिल्ने बताउनुभयो । बातावरण मैत्री सवारी साधनको प्रयोग विकसित देशमा बढे संगै यस क्षेत्रमा पनि विद्युतीय सवारी साधन विक्रि केन्द्र स्थापना हुनु परिवर्तनको सुखद पक्ष रहेको बताउनुभयो ।

नगर प्रमुख थापाले अहिले सुरुवाती चरणमा विद्युतीय साधन प्रति कम चाँसो रहे पनि दिर्घकालिन रुपमा यसको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा ट्वान्टी–ट्वान्टी ग्रुपका अध्यक्ष सन्तोष देवकोटाले सप्लायर्स ओपाई स्कुटीको आधिकारिक विक्रेता रहेको जानकारी दिदै कोमाटी र रोमास स्कुटि पनि विक्री गरिने बताउनुभयो । सप्लयर्सले विद्युतीय साईकल पनि विक्री थालेको छ । नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईलाई प्रमुख अतिथी थापाले स्कुटीको साँचो प्रदान गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी लगाएत विभिन्न सरोकार वालाहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?