विजयपुरमा सम्पन्न श्रृजनशिल कपको विजेता आयोजक

पाल्पा, रामपुर नगरपालिका ६ विजयपुरमा सम्पन्न श्रृजनशिल कप–२०७९ को उपाधी आयोजक रामपुर श्रृजनशिल युवा क्लवले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा सराई युवा क्लवलाई १/० ले पराजित गर्दै क्लवले उपाधी जितेको हो ।

रामपुर श्रृजनशिल युवा क्लवले खेलकुदको उत्थानका लागि गत कार्तिक १३ गते प्रतियोगिता सुरु गरेको थियो । दिउँसो भएको खेलमा रामपुर श्रृजनशिल युवा क्लवले पहिलो हाफ मै एक गोल गरेको थियो । अजित गुरुङले गरेको गोल नै अन्तत निर्णय बन्न पुग्यो । प्रतियोगिता अवधीभर दुवै टिमले एक अर्कालाई दवावमा राखेको थियो । यस संगै सराई युवा क्लव उपविजेता भएको छ ।

विजेता समुहले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ । प्रतियोगिताका विजेताहरुलाई एक समारोहका विच पुरस्कार प्रदान गरिएको थियो । विजेताहरुलाई पुरस्कार प्रदान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुदको विकास र युवाहरुलाई प्रोत्साहन गर्न क्लवले विगत देखि नै महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले खेल युवाहरुलाई सृजनशिल र अनुशासित संगै राष्ट्र र समाजलाई चिनाउने माध्यम भएको भन्दै नगरपालिकाले पनि आवश्यक पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा एकिकृत समाजवादी पाल्पाका सहसचिव कमल सेन, रामपुर पर्यटन विकास समितिका अध्यक्ष एवं गठबन्धका प्रदेश सभा उम्मेद्वार श्यामकान्त खनाल र विजयपुर बजार व्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर थापा लगाएतले आफ्ना धारणा राख्नु भएको थियो ।

क्लवका अध्यक्ष ताल बहादुर थापा (गुप्त)को अध्यक्षतामा भएको कार्यक्रम सुदिप गैरेको स्वागत र क्लवका सल्लाहाकार ओम प्रकाश रेग्मीको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?