सहलकोटमा वडा स्तरीय खुल्ला भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम हुने

पाल्पा, निस्दी गाउँपालिका वडा नं. २ सहलकोटमा आगामी कार्तिक २२ गते देखि २६ गते सम्म प्रथम सहलकोट वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय खेल प्रतिभाको उजागर गर्दै मौलिक संस्कृतिको जगेर्नाको लागि सहलकोट युवा सञ्जाल निस्दी २ ले कार्यक्रम गर्न लागेको हो ।

सञ्जालले आइतबार रामपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको थियो । कार्यक्रमको बारेमा जानकारी दिदै कार्यक्रम संयोजक प्रेम बहादुर बाकाबलले स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको उत्थान संगै संस्कृतिको प्रवद्र्धनको लागि कार्यक्रम गर्न लागेको बताउनुभयो ।बाकाबलले प्रतियोगितामा विभिन्न वडाको सहभागीता हुने छ ।

साथै कार्यक्रमको समापनको दिन राष्ट्रिय लोक तथा दाहोरी गायक बद्री पंगेनी, कलाकारहरु दिपिका बयम्बु, धनमाया दिसुवा, गुप्त गैरे, खेम शाही ठकुरी लगाएतको प्रस्तुति रहेने छ । कार्यक्रममा फेर्च नामखान मगर समुह सुकेकोटको कौरा नृत्य र भाङबारी पञ्चेबाजा समुहको पञ्चे बाजा प्रदर्शन गरिने सांस्कृतिक कार्यक्रम संयोजक सुनिल कानुङले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगितामा विजयी हुने समुह मध्ये प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहले क्रमश नगद ४५ हजार, ३० हजार, १५ हजार र ७ हजार प्राप्त गर्ने खेल संयोजक जगत थापाले बताउनुभयो । बेझाँडमा भएको कार्यक्रममा पत्रकारहरुले आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन गणेश दर्लामीले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?