पाल्पा ,रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले महिला दिदिबहिनीहरु उद्यमशिल संगै आत्मनिर्भर बन्न आवश्यक रहेकाे बताउनुभयो । साेमबार अर्बसिङ कृषि तथा पसु विकास महिला सहकारी संस्था लिमिटेड रामपुर ९ अर्बसिङ पाल्पाकाे छैठौं बार्षिक उत्सव तथा दाेस्राे अधिवेशनकाे उद्घाटन गर्दै उपप्रमुख थापाले यस्तो बताउनु भएकाे हाे । सहकारीको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउदै सहकारीलाई अगाडि बढाउन पारदर्शी बनाउनु पर्ने बताउनुभयो । उहाँले सहकारीका शेयर सदस्यहरुकाे बिकासका लागि रचनात्मक कार्यक्रम गर्न आग्रह गर्दै संस्थाकाे लागि नगरपालिकाले सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले सहकारीको बिकासका लागि सबै एक भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शाेभाखर न्याैपानेले संस्थाकाे बिकासका लागि सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । रामपुर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष दिल बहादुर रानाले समृद्धिका लागि संस्थाले गरेकाे कामकाे प्रसंसा गर्दै सबैलाई समेटेर अगाडि बढ्न आवश्यक रहेकाे बताउनुभयो । कार्यक्रममा रेडा पाल्पाका प्रेम गाेदार , सहकारीका सल्लाहकार नेत्र गाहा , जनशान्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक ढक बहादुर सिंजाली , पत्रकार राज कुमार आले , कालीगण्डकी फाउन्डेसन नेपालका उपाध्यक्ष पवित्रा पाैडेल ढकालले बाेल्दै संस्था सफलताको शुभकामना दिनु भएकाे थियो ।

जनशान्ती माध्यमिक विद्यालयकाे सभाहल अर्बसिङमा भएकाे कार्यक्रममा संस्थाका अध्यक्ष याम कुमारी रानाले बार्षिक प्रतिवेदन र काेषाध्यक्ष दिलमाया दिसुवाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । संस्थाका अध्यक्ष याम कुमारी रानाकाे अध्यक्षतामा भएकाे कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । सहकारी संस्थाका अध्यक्ष शाेभा दिसुवाकाे स्वागतबाट शुरु भएकाे कार्यक्रमकाे संचालन सचिव विष्णुमाया रानाले गर्नु भएकाे थियाे ।
