पाल्पाको दुई वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु

पाल्पा, पाल्पाको दुई वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपेटिका संकलन संगै सर्वदलिय बैठक पश्चात अहिले अपरान्ह बाट मतगणना सुरु भएको हो ।

क्षेत्र नं. १ को नापी कार्यालय रामपुरको भवनमा र क्षेत्र नं. २ को तानसेन बालमन्दिरमा मतगणना भैरहेको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ मा साढे ४ बजे बाट गणना सुरु भएको थियो । रामपुरमा सवा ६ बजे बाट सुरु भएको छ । क्षेत्र नं. १ मा निस्दी गाउँपालिका १ र २ बाट र २ मा बगनासकाली १ बाट गणना सुरु भएको छ । तानसेन सर्वदलीय बैठक पश्चात क्षेत्र नं. १ मा दिउँसो साढे ३ बजे देखि र क्षेत्र नं. २ मा दिउँसो ३ बजे बाट गणना सुरु गर्ने निर्णय भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले गणनाको प्रत्येक २/२ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । जिल्लाको १ सय १८ मतदान स्थलको मतपेटिका आज विहान साढे ४ बजे सम्ममा संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?