प्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवा डडेलधुरा बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । बुधबार (आज) बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५ सय ३४ मत सहित विजयी हुनु भएको हो ।

निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले पराजित गर्नु भएको हो । पराजित सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नु भएको छ ।

देउवा २०४८ को संसदीय निर्वाचन, मध्यावधिनिर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा डडेलधुराबाट निर्वाचित हुनुभएको हो । संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा पनि डडेल्धुराबाट नै निर्वाचित हुनु भएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि डडेलधुराबाट उहाँ भारी मतका साथ निर्वाचित हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?